Like us!
Follow us!
Connect us!
Watch us!

बधाई छ ! स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा उप्रेती नियुक्त

अर्थसंसार

बुधबार, ३१ भदौ २०७७, ११ : ५२ मा प्रकाशित

बधाई छ ! स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा उप्रेती नियुक्त

अर्थ संसार, काठमाडौं - स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा.सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा.उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराए ।
    
यस्तै सदस्यमा डा.सुरेश तिवारी र चन्द्र थापा नियुक्त हुनुभएको छ ।  दुवै जनालाई अध्यक्ष डा.उप्रेतीले पद तथा गोपनीयताको शपथ गराए ।

मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ । रासस 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको