Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटको इन्टरनेट अब इनरुवामा

अर्थ संसार

विहीबार, ०१ असोज २०७७, १३ : १६ मा प्रकाशित

भायानेटको इन्टरनेट अब इनरुवामा

अर्थ संसार, काठमाडौं– ग्राहकहरुलाई व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र IPTV सेवाहरुलाई नेपालभरि विस्तारित गर्नेक्रमलाई अघि बढाउँदै अब आफ्ना सेवाहरु इनरुवामा विस्तार गर्ने भएको छ । इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउनलागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको छ ।

कम्पनीका अनुसार अबइनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लानप्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । 

भायानेटले नेपालको पहिलो FTTH सेवा सन् २०११ मालन्च गरेको थियो । कम्पनीसँग आफ्नै IPTV सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी HD च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यतालिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको