अर्थ संसार, काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरूको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको छ ।
कम्पनीको असार २९ गते सोमबार सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई १२.५ प्रतिशत (खुद) का दरले वितरण गरिने बोनस शेयर शेयरधनिहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
हालसम्म पनि आफ्नो शेयरको प्रमाणपत्रहरु अभौतिक/डिम्याट नगराएका शेयरधनीहरुको हकमा आफूसँग भएका प्रमाणपत्रहरु अभौतिक/डिम्याट गराए पश्चात मात्र सम्बन्धित शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस