Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सले लाभांश नदिने

अर्थ संसार

मंगलबार, ०६ असोज २०७७, १२ : ०५ मा प्रकाशित

शिखर इन्स्योरेन्सले लाभांश नदिने

अर्थ संसार, काठमाडौं- बीमा कम्पनीमा आफूलाई अब्बल बीमा कम्पनीको दर्जा दिँदै आएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को कमाईबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने घोषणा गरेको छ ।

असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले  शेयरधनीहरुलाई लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को बीमा समितिबाट निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिम वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको हो।

त्यस्तै, कम्पनीको २०७६/७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्विकृतिको लागि बीमा समिति समक्ष पश गर्ने निर्णय गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको