Like us!
Follow us!
Connect us!
Watch us!

भर्ने होइन जनरल इन्स्योरेन्सको आइपिओ ? (सम्पूर्ण जानकारी भिडियोमा)

अर्थ संसार

बुधबार, ०७ असोज २०७७, १० : ५९ मा प्रकाशित

भर्ने होइन जनरल इन्स्योरेन्सको आइपिओ ?  (सम्पूर्ण जानकारी भिडियोमा)

अर्थ संसार, काठमाडौं- जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि सर्वसाधारण शेयर  (आइपिओ) असोज ११ गतेदेखि निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत शेयर आवेदन गर्न सक्नेछन ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । 
शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको