Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद शेयर निष्काशन गर्दै समृद्धि फाइनान्स, कहिलेबाट खुल्छ आवेदन ?

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, १८ : १४ मा प्रकाशित

हकप्रद शेयर निष्काशन गर्दै समृद्धि फाइनान्स, कहिलेबाट खुल्छ आवेदन ?

अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ ।

भदौ १२ गते बुकक्लोज गरिएकोले सो भन्दा अघिल्लो दिनसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयरको अनुपातमा प्रतिशेयर १०० अंकितको दरले ३६ लाख ३९ हजार ६०६ कित्तासम्म हकप्रद शेयर निष्काशन तथा बिक्रिका लागि खुल्ला गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

फाइनान्सले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

यो पनि 

समृद्धि फाइनान्सको हकप्रद शेयर आउँदै 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको