Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको हकप्रद शेयर आउँदै

अर्थसंसार

मंगलबार, ०६ असोज २०७७, ११ : ३५ मा प्रकाशित

समृद्धि फाइनान्सको हकप्रद शेयर आउँदै

अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई असोज १६ गते शुक्रबारबाट २००% हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।

फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरकाे ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेकाे हाे । उक्त हकप्रद शेयर खरिद गर्न इच्छुक  शेयरधनीले प्रतिकित्ता १०० रुपैयाँको दरले असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । 


फाइनान्सले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि भाद्र १२ गते, शुक्रबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । भाद्र ११ गते बिहीबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ । 

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

अन्य विवरणका तलकाे सूचना हेर्नुहोस् :
 

5f69932eb6e2a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको