Like us!
Follow us!
Connect us!
Watch us!

संस्थापक शेयर बिक्री गर्दै सिद्धार्थ इन्स्योरेन्स

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, ०७ : २३ मा प्रकाशित

संस्थापक शेयर बिक्री गर्दै सिद्धार्थ इन्स्योरेन्स

अर्थ संसार, काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न चाहेको र संचालक समितिको भदौ २८ गते बसेको बैठकले सो शेयर बिक्रीका लागि प्रक्रिया अगाडी बढाउन स्वीकृत गरिसकेको छ ।

संथापक शेयर खरिदका लागि पहिलो प्राथमिकता हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई नै दिनुपर्ने व्यवस्था रहेकोले उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

तोकिएको समयभित्र कुनै पनि आवेदन नपरेमा नियमानुसार शेयर खरिद बिक्री सम्बन्धि कारबाही अगाढी बढाइने कम्पनीले जनाएको छ ।

5f6d4833a8da8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको