Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्वीटी फण्डको खुद सम्पत्ति मूल्य बढ्यो

अर्थ संसार

आइतबार, ११ असोज २०७७, १७ : ११ मा प्रकाशित

सानिमा इक्वीटी फण्डको खुद सम्पत्ति मूल्य बढ्यो

अर्थ संसार, काठमाडौं - सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डको २०७७ साल भाद्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक भएको छ ।

भाद्र मसान्तसम्म आइपुग्दा फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) भदौ मसान्तसम्म १२.५२ रुपैयाँ पुगेको छ। फण्डको प्रतिइकाइ खुद मूल्य गत साउनको तुलनामा ८१ पैसाले बढेको हो। गत साउनमा यो फण्डको प्रतिइकाइ खुद मूल्य न्याभ ११.७१ रुपैयाँ रहेको थियो। 

फण्डले गत भदौसम्म ५.०१ प्रतिशतले लगानी बढाएको छ । गत साउनसम्म १ अर्ब ३० करोड रुपैयाँ लगानी गरेको यो फण्डले भदौ मसान्तसम्म बढाएर १ अर्ब ३७ करोड रुपैयाँ लगानी गरेको छ। 

यो योजनाले भदौ मसान्तसम्म सूचीकृत सेयरमा १ अर्ब १४ करोड रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १ करोड ९८ लाख रुपैयाँ, ऋणपत्र र बोन्डमा ७ करोड ५२ लाख रुपैयाँ र मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ लगानी गरेको छ । गत साउनसम्म सूचीकृत सेयरमा १ अर्ब ६ करोड रुपैयाँ, सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ३ करोड १४ लाख रुपैयाँ, ऋणपत्र र बोन्डमा ७ करोड ५२ लाख रुपैयाँ र मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ लगानी गरेको थियो। 

यो म्युचुअल फन्डको भदौ मसान्तसम्म कुल आय १४ करोड ७० लाख रुपैयाँ रहेको छ। गत महिनासम्म कुल आय ४ करोड २५ लाख रुपैयाँ रहेको थियो। 

भाद्र मसान्तसम्ममा फण्डले ४ करोड ७० लाख रूपैयाँ नाफा कमाएको छ । उक्त नाफा रकम  श्रावण मसान्तकाे तुलनामा १० करोड ४५ लाख रूपैयाँले धेरै हाे । गत श्रावण मसान्तसम्ममा फण्डले ४ करोड २५ लाख रूपैयाँ नाफा कमाएको थियाे ।

फण्डले सार्वजनिक गरेकाे भाद्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण हेर्नुहोस्:


अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको