Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रप्रसाद ढकाललाई कारोना पोजेटिभ

अर्थ संसार

सोमबार, १२ असोज २०७७, ०८ : १९ मा प्रकाशित

चन्द्रप्रसाद ढकाललाई कारोना पोजेटिभ

अर्थ संसार, काठमाडौं  -ग्लोबल आइएमई बैंकका संचालक समितिा अध्यक्ष  एवंम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उम्मेदवार चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण देखिएको छ । ढकालले सोमबार फेसबुक पोष्टमार्फत यसबारे जानकारी गराउँदै विगत केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

ढकाल महासंघ साधारणसभाका लागि सक्रिय थिए । उनले जनस्वास्थ्यका मापदण्डहरु अपनाउँदा अपनाउँदै पनि आफूलाई संक्रमण देखिएको जनाएका छन् । हाल घरमै आइसोलेसनमा रहेका ढकालको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन । उनलाई आइतबार संक्रमण पुष्टि भएको थियो ।

ढकालको फेसबुक पोष्ट यस्तो छः

'विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु । '

तुरुन्तै हकप्रद निकाल्न Api Power ले Himalayan Bank सँग सम्झौता, 40 MW को माथिल्लो चमेलिया बन्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको