Like us!
Follow us!
Connect us!
Watch us!

मन विनाको धन २’मा विपिनको इन्ट्री

अर्थ संसार

आइतबार, २१ असार २०८३, १७ : २० मा प्रकाशित

मन विनाको धन २’मा विपिनको इन्ट्री

फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ ।

यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन । टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा टंक बुढाथोकीको कथा तथा निर्देशन, शिवम् अधिकारीको लेखन छ । फिल्मको हाल धमाधम प्रि-प्रोडक्सनको काम चलिरहेको छ । यो फिल्ममा यसअघि नायिका पूजा शर्मा, नायक महेश त्रिपाठी, कलाकारहरु सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् ।

पूजा र विपिनले पहिलो पटक फिल्मको पर्दामा एकसाथ काम गर्न लागेका हुन् । यसैले पनि दर्शकका लागि पूजा र विपिनको केमेष्ट्री रोचक हुने पक्का छ ।फिल्म ‘मन विनाको धन २’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको