Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षाको संघर्ष र बालविवाहको कथा बोकेको ‘गौँथली’को ट्रेलर सार्वजनिक

अर्थ संसार

आइतबार, २१ असार २०८३, १६ : १४ मा प्रकाशित

शिक्षाको संघर्ष र बालविवाहको कथा बोकेको ‘गौँथली’को ट्रेलर सार्वजनिक

आगामी १ साउनदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘गौँथली’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । जसले फिल्मको मुख्य कथावस्तु, चरित्र र केन्द्रीय द्वन्द्वलाई प्रस्ट पारेको छ।

सार्वजनिक गरिएको ३ मिनेट २० सेकेन्ड लामो यस ट्रेलरलाई हेर्दा फिल्म पूर्ण रूपमा सामाजिक र पारिवारिक पृष्ठभूमिमा आधारित रहेको बुझ्न सकिन्छ। विशेष गरी, यसमा सिम्रन खड्काद्वारा अभिनित एक किशोरीले शिक्षा प्राप्तिका लागि गर्ने कडा संघर्षको कथालाई मार्मिक रूपमा उठाइएको छ। पढ्ने तीव्र इच्छा हुँदाहुँदै पनि परिवारको दबाबमा परेर जबरजस्ती बालविवाह गरिदिएपछि ती किशोरीको जीवनमा उत्पन्न हुने अनेकौँ उतारचढाव र पीडादायी परिस्थितिलाई फिल्मले मुख्य विषयवस्तु बनाएको देखिन्छ।

फिल्ममा अभिनेता अरुण क्षेत्रीले अटिजम पीडित युवकको भूमिका निर्वाह गरेका छन् । कपिल रिजाल निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको