Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफमा कर्मचारीको बदमासी, पोलिसीको पैसा गोजीमा हालेर फरार !

अर्थ संसार

सोमबार, १२ असोज २०७७, ०९ : २० मा प्रकाशित

महालक्ष्मी लाईफमा कर्मचारीको बदमासी, पोलिसीको पैसा गोजीमा हालेर फरार  !

अर्थ संसार, काठमाडौं - महालक्ष्मी लाईफ इन्स्योरेन्स  लिमिटेडका एक कर्मचारीले बीमा पोलिसीको प्रिमियम बापतको रकममाथि हिनामिना गरेका छन् ।  

बीमा कम्पनीको बुटबल कार्यालयमा पूर्व कर्मचारी अर्जुन गिरीले बीमा पोलिसीको प्रिमियम बापतको रकम गिरीले कम्पनीको खातामा जम्मा नगरी अपचलन गरेको कम्पनीले जनाएको छ । यति खेर कम्पनीलाई हिसावकिताव मिलाउन हम्बेहम्बे परेको छ ।

प्रिमियम बापतको रकम नै कम्पनीको खातामा जम्मा गर्नुको सट्टा आफ्नै गोजीमा हालेपछि बिमितको बीमा पोलिसीको प्रिमिय रकम किस्तामा समस्या आएको छ । 

बीमा पोलिसीको प्रिमियम बापतको रकम हिनामिना गरेपछि कम्पनीले  गिरीलाई हिसाब बुझाउन ७ दिनभित्र अनुरोध गरेको छ । यदि ७ दिन भित्र गिरीले तिर्नु पर्ने रकम नबुझाए कानून बमोजिम असूलीको लागि कारबाही गरिने कम्पनीले जनाएको  छ । 

कम्पनीमा कार्यरत हुँदा गिरीले व्यवसायमा ध्यानमा नदिएको, आफ्नो पदीय जिम्मेवारी पुरा नगरेको तथा कम्पनीलाई गरेको प्रतिबद्धता बिपरित अपचलन गरेकोले असार १० गते कम्पनीले सेवाबाट अवकाश दिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको