Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्विटी फण्डको खुद सम्पत्ति मूल्य बढ्यो (विवरणसहित)

अर्थ संसार

सोमबार, १२ असोज २०७७, ०९ : २८ मा प्रकाशित

सिद्धार्थ इक्विटी फण्डको खुद सम्पत्ति मूल्य बढ्यो (विवरणसहित)

अर्थ संसार, काठमाडौं - सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्डको २०७७ साल भाद्र मसान्तकाे वित्तीय विवरण सार्वजनिक भएको छ ।

भाद्र मसान्तसम्म आइपुग्दा सिद्धार्थ इक्विटी  फण्डको प्रतिइकाइ खुद मूल्य ११.४८ रुपैयाँ पुगेको छ। सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यो  फण्डको प्रतिइकाइ खुद मूल्य गत साउनको तुलनामा ७४ पैसाले बढेको हो । गत साउनमा यो  फण्डको प्रतिइकाइ खुद मूल्य १०.७४ रुपैयाँ रहेको थियो। 

यो इक्विटी फन्डले गत भदौसम्म ३.९० प्रतिशतले लगानी बढाएको छ। गत साउनसम्म १ अर्ब ४८ करोड रुपैयाँ लगानी गरेको यो फन्डले भदौ मसान्तसम्म बढाएर १ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको छ। 

यस म्युचुअल फन्डले सूचीकृत भएका वाणिज्य बैंक, विकास बैंक, जलविद्युत् कम्पनी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुवित्त कम्पनीलगायतका ६९ वटा कम्पनीमा लगानी गरेको छ। 

फण्डले सार्वजनिक गरेकाे भाद्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको