Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिने म्याद थप

अर्थ संसार

सोमबार, १२ असोज २०७७, २० : ३२ मा प्रकाशित

राष्ट्र बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिने म्याद थप

काठमाडौं - नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन दिने म्याद थप गरेको छ ।  बैंकले यसअघि असोज १४ गतेसम्मका लागि निर्धारण गरेको आवेदन दिने अवधिलाई बढाएर असोज मसान्तसम्म पुर्याएको हो । 

बैंकले कोरोना रोकथामका लागि आह्वान भएका लकडाउन, निषेधाज्ञा जस्ता कारणले समय बढाइदिन अनुरोध भई आएकोले सो अवधि बढाइएको राष्ट्र बैंकले जनाएको छ । 
पुनकर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका र कोभिड–१९ को महामारीबाट प्रभावित व्यवसायलाई ब्याजदरमा सहुलियत दिने व्यवस्था गरिएको छ । 

राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको