Like us!
Follow us!
Connect us!
Watch us!

यी ९ कम्पनीका ह्याण्ड स्यानिटाईजर उत्पादन र विक्रीमा रोक, यस्तो छ कारण !

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, ०८ : ३८ मा प्रकाशित

यी ९ कम्पनीका ह्याण्ड स्यानिटाईजर उत्पादन र विक्रीमा रोक, यस्तो छ कारण !

अर्थ संसार, काठमाडौँ - औषधि व्यवस्था विभागले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने रसायन मिसाएर बनाइएका ह्याण्ड स्यानिटाईजर विक्री वितरणमा रोक लगाएको छ । 

विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ताेकेकाे मापदण्ड विपरित विषाक्त रसायन मिथानाेल समावेश भएकाे ह्यान्ड स्यानिटाईजर बजारमा विक्री वितरण भइरहेको पाएपछि ९ वटा कम्पनीका स्यानिटाईजर उत्पादन र विक्रीमा रोक लगाएको हो ।

विभागले यसअघि पनि ९ कम्पनीले उत्पादन गरेका गुणस्तहिन स्यानिटाईजरको विक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । योसँगै प्रयाेग गर्न राेकावट लगाइएकाे स्यानिटाईजरकाे संख्या १८ पुगेको छ ।

औषधि व्यवस्था विभागले सोमबार एक सूचना प्रकाशन गर्दै  ९ कम्पनीका स्यानिटाईजर प्रयाेग नगर्न अनुराेध गरेकाे हाे ।

विभागले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको