Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाका कारण स्थगित नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुचारु

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १२ : ४१ मा प्रकाशित

कोरोनाका कारण स्थगित नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुचारु

अर्थ संसार, काठमाडौं - कोरोना भाइरसका कारण स्थगित नेपाली सेनाको भर्ना प्रक्रिया पुनः शुरु हुने भएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले एक सूचना प्रकाशन गर्दै स्थगित भर्ना पुनः सुचारु गरिएको जानकारी दिएको हो । 

निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते बाट स्थगित भएका भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जानकारी दिएको हो । 

यस्तै भर्ना छनौटसम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ । यस्तै लोकसेवा आयोगको वेबसाइटमा समेत हेर्न सकिनेछ । 

विभागले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको