Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको शेयर बिक्रीमा !

अर्थ संसार

बुधबार, १४ असोज २०७७, ०६ : ४९ मा प्रकाशित

एनएमबि बैंकको शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौं - एनएमबि बैंक लिमिटेडको केहि संस्थापक शेयर बिक्री गरिने भएको छ । बैंकले बैंकका संस्थापक शेयरधनी टंक प्रसाद रेग्मीको नाममा कायम १३ हजार ३ सय ६२ कित्ता संस्थापक शेयर खरिद बिक्री लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ  ।

सो शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको