Like us!
Follow us!
Connect us!
Watch us!

बागलुङ जिल्लाको बाढी पीडितलाई प्रभु बैंकको आर्थिक सहयोग

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १८ : ३१ मा प्रकाशित

बागलुङ  जिल्लाको बाढी पीडितलाई प्रभु बैंकको आर्थिक सहयोग

अर्थ  संसार, काठमाडौं-बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को  गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरु¨ र भौतिक योजनामन्त्री राम शरण बस्नेतबाट बिशेष निरिक्षण  गर्न भएको छ । 

निरीक्षणको अवसारमा बाढी प्रभावित बोबा¨ वडा अन्तर्गतका स्थानियहरुसँगवहाँहरुले प्रत्यक्षभेटघाट गर्नु भ्ँएको हो । स्थानियहरुको समस्याबुझी शीघ्र उक्त ठाउ“हरुमा केन्द्रियबिद्युत प्रसारण लाईनको सेवा पुर्याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशकातर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवाप्रवाहिकालागि कार्यालय स्थापना गर्ने जानकारी दिनुभयो । करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन । 

बुर्तिबा¨बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राख्नु भएको थियो । उक्त अवसरमा प्रभु बैंकका प्रमुखकार्यकारी अधिकृत  अशोक शेरचनद्धारा नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरि ५००,०००/– सहयोग प्रदानगर्नु भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको