Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको हकप्रद शेयर बिक्रीका लागि खुल्ला !

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, ०७ : १७ मा प्रकाशित

समृद्धि फाइनान्सको हकप्रद शेयर बिक्रीका लागि खुल्ला !

अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स कम्पनि लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । 

फाइनान्सले १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयरको अनुपातमा प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

सो शेयर खरिद गर्न चाहने शेयरधनीहरुले आज (असोज १६ गते शुक्रबारदेखि कात्तिक ६ गतेसम्म उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

फाइनान्सले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको