Like us!
Follow us!
Connect us!
Watch us!

शेयर कारोबार गर्दा दलाललाई तिर्नु पर्ने कमिसन छिट्टै घट्छ- बाेर्ड अध्यक्ष ढुंगाना (Arthasansar Talk)

अर्थ संसार टक

मंगलबार, १३ असोज २०७७, १७ : ४४ मा प्रकाशित

शेयर कारोबार गर्दा दलाललाई तिर्नु पर्ने कमिसन छिट्टै घट्छ- बाेर्ड अध्यक्ष ढुंगाना (Arthasansar Talk)

काठमाडौं-धितोपत्र बोर्डले सेयर कारोबारमा धितोपत्र दलाल कम्पनीहरुले लिन पाउने कमिसन घटाउने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अर्थसंसार डटकमको साप्ताहिक टक सो अर्थसंसार टकमा उक्त कुरा बताएका हुन् ।

उनले लगानीकर्ताले अनलाइनबाटै सेयर खरिदबिक्री गर्न सक्ने भएकाले मध्यस्तकर्ताका रुपमा रहने धितोपत्र दलालहरुलाई तिर्नु पर्ने कमिसन धेरै भएको सबैतिरबाट गुनासो आएकाले त्यसलाई बोर्डले घटाउन लागेको बताए । उनले एक चरण लगानीकर्ता र धितोपत्र दलालहरुसँग छलफल गरेपछि कमिसन कति घटाउने भन्ने कुंगो लाग्ने बताए ।

उनले अब आइपिओ निस्कासन बुक विल्डिंग विधिबाट हुने बताए । त्यसका लागि योग्य लगानीकर्ताहरुको आवेदन संकलनको काम भइरहेको बताउँदै उनीहरुको सूची महिनैपिच्छे अपडेट गरिने बताए । बोर्डका अध्यक्ष ढुंगानाले अब मर्ज हुने कम्पनीहरुका लगानीकर्ताले सेयर कारोबार गर्न लामो समय कुर्नु नपर्ने बताए । लामो समय सेयर कारोबार रोकिँदा धेरै लगानीकर्ताहरु मर्कामा पर्ने गरेको बताउँदै अब मर्ज भएको अधिकतम ४५ दिनमात्र रोक्का हुने बताए ।

थप अन्तर्वाता भिडियोमाः 

यो पनि पढ्नुहोस् 

जनरल इन्स्योरेन्सको आइपिओ कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको