Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् विश्वमा सर्वाधिक कमाइ गर्ने १० अभिनेता

अर्थ संसार

शनिबार, १७ असोज २०७७, २० : ०१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -  हामी तपाईलाई विश्वमा सर्वाधिक कमाइ गर्ने १० अभिनेताको बारेमा जानकारी गराउन गइरहेका छौं । यो सामग्री अर्निंग स्टिमेट, निल्सन, कन्स्कोर, बक्स अफिस मोजो र आइएम टिभीको सहयोगमा तयार पारिएको हो । सबै तथ्यांकले जुन १ २०१९ र जुन १ २०२० को बिचको कमाइलाई उदृत गरेको छ ।

विश्वमा सर्वाधिक कमाइ गर्ने १० अभिनेताको सूची हेर्नुहोस्

१. ड्वेन जोनसन
ड्वेन जोनसन जोनसन अमेरिकन–क्यानेडियन अभिनेता, निर्मातासँगै व्यवसायी, रिटायर्ड रेस्लर र फुटबल खेलाडी पनि हुन् । उनी द रकको नामले समेत परिचित छन् ।
उनको कमाई ८७.५ मिलियन अमेरिकी डलर रहेको छ ।

२. रयान रेनोल्ड्स
रयान रेनोल्ड्स क्यानेडियन अभिनेता, निर्माता, व्यवसायी हुन् । उनको कमाइ ७१.५ मिलियन अमेरिकी डलर रहेको छ । रयानले क्यानेडाको किशोर सोप हिलसाइड ओपेरा नाटकबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए ।

३. मार्क वोलबर्ग
मार्क वोलबर्ग एक अमेरिकी अभिनेता निर्माता र  एक प्रसिद्ध र्यापर हुन् । उनको कमाई ५८ मिलियन अमेरिकी डलर रहेको छ ।

४. विन एफ्लेक 
विन एफ्लेक एक अमेरिकी अभिनेता, निर्देशक, निर्माता र स्क्रिन राइटर हुन् । उनले २ एकेडेमिक पुरस्कार र ३ गोल्डेन पनि जितेका छन् उनको कमाई ५५ मिलियन अमेरिकी डलर रहेको छ ।

५. भिन डीसेल
 भिन डीसेल एक अमेरिकी अभिनेता, निर्माता, निर्देशक र स्क्रिन राइटर हुन् । उनको कमाइ ५४ मिलियन अमेरिकी डलर रहेको छ । 

६. अक्षय कुमार 
अक्षय कुमार चर्चित बलिउड अभिनेता, निर्माता र मार्शल कलाकार हुन् । उनी विश्वमा बढी आम्दानी गर्ने अभिनेताको सूचीमा नाम लेखाउन सफल एकमात्र बलिउड स्टार हुन् । उनको कमाइ ४८.५ मिलियन अमेरिकी डलर छ । 

७.  लिन म्यान्वेल मिरान्डा
लिन म्यान्वेल मिरान्डा अमेरिकी रचनाकार, गीतकार, अभिनेता, गायक, र्यापर, निर्माता र नाटककार हुन् ।  उनको कमाई ४५.५ डलर अमेरिकी डलर रहेको छ मिरान्डाले पहिलोपटक यस सूचिमा नाम लेखाउन सफल भएका हुन् । 

८. विल स्मिथ
विल स्मिथ एक अमेरिकी अभिनेता, निर्माता र र्‍यापर हुन् । अप्रिल २००७ मा, 'न्यूजवीक'ले उनलाई "हलिउडको सबैभन्दा शक्तिशाली अभिनेता" भनेको थियो। उनको कमाई ४४.५ मिलियन अमेरिकी डलर रहेको छ ।

९:- एडम स्याण्डलर 
एडम स्याण्डलर अमेरिकी अभिनेता, हाँस्य कलाकार, स्क्रिन लेखक, फिल्म निर्माता र गायक हुन् । उनी पनि विश्वका चर्तित कलाकारहरुको सूचीमा पर्दछन् । उनको कमाई ४१ मिलियन अमेरिकी डलर छ ।

१०: ज्याकि च्यान
ज्याकि च्यान हंगकंग एक मार्शल आर्टिस्ट, अभिनेता, ऐक्शन कोरियोग्राफर, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता,  पटकथा-लेखक, उद्यमी र गायक कलाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको व्यक्तित्व हुन् । ज्याकि च्यान विश्वचर्चित कलाकार मध्येका एक हुन् । उनी ४० मिलियन अमेरिकी डलर कमाउँछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको