Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियसभाका अध्यक्षद्वारा निर्माणाधीन संघीय संसदको भवन निरीक्षण

अर्थ संसार

मंगलबार, २० असोज २०७७, १४ : ४१ मा प्रकाशित

राष्ट्रियसभाका अध्यक्षद्वारा निर्माणाधीन संघीय संसदको भवन निरीक्षण

अर्थ संसार, काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसदको भवन निरीक्षण गरेका छन् । 

अध्यक्ष तिमिल्सिनाले आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसदको भवन निरीक्षण गरेका हुन् । कोभिड-१९ का कारण निर्माण कार्यमा केहि बाधा पुगेको भएतापनि निर्माणकार्य उत्साहापूर्वक रुपमा अगाडि बढिरहेकोमा अध्यक्ष तिमिल्सिनाले खुसी व्यक्त गरे।

 

उनले अहिले संघीय संसदको लागि बैठक बस्ने सभाहल भाडामा लिएर काम चलाउदै आएको परिप्रेक्षमा कम्तिमा पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभाहल छिट्टै नै तयार गरी संचालन गर्न सकेमा राष्ट्रलाई आर्थिक भार कम हुने बताए । उनले निर्धारित समय अगाबै निर्माण कार्य सम्पन्न गर्नका लागि दुई सिफ्ट होइन तीन सिफ्ट गरी चौबिसै घण्टा काम गर्ने गरी योजना बनाउनका लागि समेत निर्माण कम्पनी तथा सरोकारवालाहरुलाई निर्देशन दिए । 

सार्वजनिक रुपमा निर्माण गरिने विकास निर्माणका योजनाहरुलाई समय अगाबै सम्पन्न गर्नका लागि केवल ८ घण्टामात्र काम गरेर सम्भव नहुने भएकाले सिंहदरबारबाटै २४ घण्टा काम गरी समय अगावै निर्माण कार्य सम्पन्न गरी अन्य निर्माण कार्यमा संलग्नपक्षहरुलाई प्रोत्साहित समेत गर्नका लागि निर्माण कम्पनीलाई सुझाव दिए । 

करिब ९ अर्बको लागतमा बन्न लागेको यस भवनको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको