Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड, यी माध्यमबाट हेर्नुहाेस नतिजा

अर्थ संसार

विहीबार, ११ असार २०८३, १० : ०९ मा प्रकाशित

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड, यी माध्यमबाट हेर्नुहाेस नतिजा

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड भएको छ। सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २८ लाख ९४ हजार २ सय ३२ जनाको आवेदन परेको थियो । जस मध्ये २८ लाख ५० हजार २५ जनाको आवेदन मात्र योग्य भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसअनुसार ७० हजार ५ सय ५० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।

कम्पनीको आइपीओ सिडिएसको वेवासाईट https://iporesult.cdsc.com.np/  क्यापिटल वेवासाईट https://globalimecapital.com/ipo-fpo-share-allotment-checkमार्फत हेर्न सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको