नेरुडे मिर्मिरे लघुवित्तले कम्पनीले असार २२ गते साधारणसभा बोलाएको छ । कम्पनीले सभाको विशेष प्रस्तावमा हकप्रद निष्काशनको प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धि योजना अनुसार नियामक निकायको अन्तिम स्वीकृतिको प्राप्त भएको अवस्थामा हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा लैजान लागेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३९ करोडको २५ प्रतिशतले हुन आउने ३४ करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । सभामा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक भए संचालक समितिलाई स्वीकृति दिने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको कार्य अघि बढाउँन संचालक समितिलाई अख्तियारी दिने लगायत दिने विशेष प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले साधारणसभाको लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस