Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरलको आइपिओमा पहिलो दिन कति पर्यो आवेदन, यस्तो छ पछिल्लो अपडेट

अर्थ संसार

बुधबार, २१ असोज २०७७, १७ : २५ मा प्रकाशित

सानिमा जनरलको आइपिओमा पहिलो दिन कति पर्यो आवेदन, यस्तो छ पछिल्लो अपडेट

अर्थ  संसार, काठमाडौं -काठमाडौँ -सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) मा पहिलो दिनमै साँढे दुइ गुणा आवेदन परेको छ । पहिलो दिन बुधबार २ लाख ६५ हजार ९ सय १६ जनाले आवेदन गरे ।

उनीहरूले ६१ लाख ४७ हजार ६ सय कित्ताको लागि आवेदन गरेका हुन् । सानिमा जनरल इन्स्योरेन्सको सेयर निस्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कुल ६१ करोड ४७ लाख ६० हजारको लागि आवेदन परेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्काशन तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । 

आईपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको