Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन कहिलेसम्म दिने ?

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, ०७ : १४ मा प्रकाशित

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन कहिलेसम्म दिने ?

अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको  हो ।

कम्पनीले हकप्रद शेयर निष्काशनको लागि भदौ १२ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । त्यसैले सो भन्दा अघिल्लो दिनसम्म कायम साविक शेयरधनीहरुले १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयरको अनुपातमा प्रतिशेयर १ सयको अंकित दरमा उक्त शेयरमा कार्तिक ६ गते सम्म आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

काम्पानेले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको