Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, ०८ : ५३ मा प्रकाशित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था समृद्धि फाइनान्स कम्पनीको रुपन्देहीको बुटवलमा रहेको शाखा स्थानान्तरण भएको छ ।

बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका उक्त शाखा बुटवल उप महानगरपालिका वडा नं. ६, अमरपथमा स्थानान्तरण भई सञ्चालनमा आएको छ ।

जसको औपचारिक उद्घाटन असोज ८ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले गरेका हुन् । सीईओ लोहनीले सस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्वको विषयमा प्रकाश पारे ।

हाल १३ वटा शाखा सञ्जाल रहेको फाइनान्सले अर्को वर्ष थप केहि शाखाहरु पनि सञ्चालन गर्ने योजना बनाएको छ । संस्थाले हाल निःशुल्क मोबाइल वैकिङ्ख, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, आरटीजीएस लगायतका सेवाहरु सञ्चालनमा ल्याएको छ ।

निक्षेपमा उच्चतम १२.७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको