Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको जनकपुर शाखा कार्यालय उद्घाटन

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १३ : ०७ मा प्रकाशित

समृद्धि फाइनान्सको जनकपुर शाखा कार्यालय उद्घाटन

नेपाल राष्ट्र बैंकबाट ग वर्गको राष्ट्रियस्तरको इजाजतपत्र प्राप्त गरि छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको समृद्धि फाइनान्सले आफ्नो आठौं शाखा जनकपुर शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय राम सरोज यादवले आज असोज ५ गते जनकपुर शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उप मेयर किशोरी साह, जनकपुर उ.वा. संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ, नेपाल राष्ट्र बैंकका संचालक नीरा ताल्चाभडेलसहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

साथै, उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धी जानकारी गराएका थिए । आजबाट समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरुबाट औपचारीक रुपमा कारोबार सञ्चालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रवद्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको