Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है, समृद्धि फाइनान्सको हकप्रद शेयर भर्ने अन्तिम मौका आज !

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, ०७ : ०९ मा प्रकाशित

छुट्ला है, समृद्धि फाइनान्सको हकप्रद शेयर भर्ने अन्तिम मौका आज !

अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले असोज १६ गते शुक्रबारबाट बिक्रीका लागि खुल्ला गरेको हकप्रद शेयर भर्ने अन्तिम मौका आज (कार्तिक ६ गते बिहिबार)  रहेकाे छ ।
कम्पनीले असोज १६ गते शुक्रबारबाट ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशनको लागि भदौ १२ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । त्यसैले सो भन्दा अघिल्लो दिनसम्म कायम साविक शेयरधनीहरुले १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयरको अनुपातमा प्रतिशेयर १ सयको अंकित दरमा उक्त शेयरमा आज बैंकिङ समय सम्म आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् । कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको