Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको लिलामी शेयरको बोलपत्र आइतबार खोलिने

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, १२ : २७ मा प्रकाशित

एनसीसी बैंकको लिलामी शेयरको बोलपत्र आइतबार खोलिने

अर्थ संसार, काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लिमिटेड (एनसीसी) को  संस्थापक समूहकाे शेयरमा परेका बाेलपत्रहरू कात्तिक १६ गते, आइतबार खाेलिने भएकाे छ ।

बैंकले नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे बैंककाे ५ लाख कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा आश्विन २ गते, शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म बिक्री गरेकाे थियो ।

उक्त शेयरमा परेका बोलपत्रहरु कात्तिक १६ गते उपत्यका बाहिरबाट आवेदन दिनेको बिहान ११.३० बजेदेखि र उपत्यकाबाट आवेदन दिनेको बोलपत्र दिउँसो १२ बजेदेखि बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा खाेलिनेछ । 

बोलपत्रहरु सिमित व्यक्तिकाे माझमा फेसबुक लाइभ मार्फत बोलपत्र खोलिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको