Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ११ साउन २०७९, १० : ०७ मा प्रकाशित

एनसीसी बैंकको लिलामी सेयर भर्ने आज अन्तिम दिन

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयर भर्ने आज (श्रावण ११ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।  

बैंकले २६ लाख ३३ हजार १ सय ३६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेकाे हाे । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरूले पनि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक सय ३१ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, बैंककाे सेयर बिक्री प्रबन्धककाे काम सनराइज क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको