Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंक र मनकामना अस्पतालबीच सम्झौता, ग्राहकलाई छुट

अर्थ संसार

शुक्रबार, २४ भदौ २०७९, १२ : १७ मा प्रकाशित

एनसीसी बैंक र मनकामना अस्पतालबीच सम्झौता, ग्राहकलाई छुट

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पतालमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ । 

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पतालमा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nursery मा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको