Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैँक र फोन पेबीच क्यासब्याक सम्झौता

अर्थ संसार

शुक्रबार, ०७ असोज २०७९, ११ : ४३ मा प्रकाशित

एनसीसी बैँक र फोन पेबीच क्यासब्याक सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैँक (एनसीसी) र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु.१०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ ।

यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ । 

दशैँ र तिहार गरी २ पटक यो अफर संचालन हुने भएको छ । दशैँ लक्षित यस अफर असोज ७ गते देखि असोज १४ गतेसम्म संचालन हुनेछ भने तिहारलाई लक्षित गरी कार्तिक २ देखि कार्तिक ६ गतेसम्म सञ्चालन हुनेछ । 
 

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको