अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश स्वीकृत गरेकाे छ । संस्थाले नेप्सेमा एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंककाे कार्तिक १३ गते बिहीबारकाे पत्रले स्वीकृति प्रदान गरेकाे जानकारी दिएकाे छ ।
संस्थाकाे भाद्र २२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे वितरण याेग्य मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।
प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस