Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने !

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, ११ : ५० मा प्रकाशित

ज्योति विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने !

अर्थ संसार, काठमाडौँ - ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ । बैंकले हाल रहेको संस्थापक समुहको ५४.३५ प्रतिशत संस्थापक शेयरमध्ये ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्न लागेको हो ।

बैंकले नेप्सेमा एक सूचना प्रकाशन गर्दै हिजाे (कार्तिक १७ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले शेयर परिणत गर्नको लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने र पुरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडी बढाउन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको