Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

अर्थ संसार

सोमबार, ३० जेठ २०७९, १७ : २३ मा प्रकाशित

ज्योति विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

ज्योति विकास बैंकले पोखरास्थित फेवाताल किनारा र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकार संग केबलकार टिकटमा बैंकका ग्राहकहरुलाई १० % छुट सम्बन्धी सम्झौता गरेको छ ।  

सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सो छुटको लाभ उठाउन पाउने छन्।

यस सम्झौता पश्चात् ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० % छुट प्राप्त गर्न सक्नेछन्। बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसँगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।  

ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको