Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको नाफामा अब्बल

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, १० : ३४ मा प्रकाशित

लुम्बिनी विकास बैंकको नाफामा अब्बल

लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमाससम्ममा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा १५.४५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असोजसम्म बैंकको वितरण योग्य नाफा २ करोड ११ लाख रुपैयाँ रहेको छ । 
 
यता, लुम्बिनीको खुद ब्याज आम्दानी भने २३ प्रतिशतले घटेर २४ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा भने १५.३४ प्रतिशतले बढाएर १५ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यस बैंकले १३ करोड ८४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १ अर्ब ४४ करोड रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङ शीर्षकमा २१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा २५ बाट बढेर २.३६ प्रतिशत भएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९८ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको