Like us!
Follow us!
Connect us!
Watch us!

वडाध्यक्षमा चुनाव लड्न शिक्षकले जागिर छाडे

शुक्रबार, ०८ बैशाख २०७४, १४ : ३५ मा प्रकाशित

वडाध्यक्षमा चुनाव लड्न शिक्षकले जागिर छाडे

अर्थ संसार 

रुकुम– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवारका लागि यहाँका एक शिक्षकले जागिर छाडेका छन् । 

जिल्लाको आठबिसकोट नगरपालिकामा रहेको बालकल्याण मावि राडिज्यूलाका शिक्षक तारक शाहीले शिक्षण पेशाबाट राजिनामा दिएर वडा नं– ९ को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेरवारी दिनुभएको हो । 

विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उहाँलाई पार्टीले सो पदकालागि छनौट गरेको पार्टीका नगरपालिका संयोजक धीरेन्द्रकुमार बटालाले बताउनुभयो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको