Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको २६२औं शाखा बझाङमा

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, १५ : ४४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको २६२औं शाखा बझाङमा

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले बझाङको जय पृथ्वी नगरपालिकामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले देशभर २६२ शाखा सञ्जालसहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको