Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी

शुक्रबार, ०८ बैशाख २०७४, १८ : ३८ मा प्रकाशित

निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी

अर्थ संसार 

काठमाडौँ– निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध नियोगका प्रतिनिधिलाई आज जानकारी गराएको छ । 

आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०, संयुक्त राष्ट्रसङ्घीय बालकोष, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, विश्वखाद्य कार्यक्रमलगायतका नियोगमा कार्यरत प्रतिनिधिलाई निर्वाचनको तयारीबारे अवगत गराएको हो । 

नियोगका प्रतिनिधिले मतदाता नामावली सङ्कलन, महिलाको सहभागिता, अपाङ्गता भएकालाई मतदानका लागि गरिने व्यवस्था, महिलाको प्रतिनिधित्व, निर्वाचन परीवेक्षणको व्यवस्थालगायतका विषयमा जिज्ञासा राखेका थिए । 

समाजमा पछि परेका समुदाय र दूरदराजका मतदातालाई निर्वाचन र मतदानमा भाग लिन गर्न लागिएको व्यवस्था तथा समग्र निर्वाचनका तयारीका अवस्थाका बारेमा पनि उनीहरुले जिज्ञासा राखेका थिए । 

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालम गणतन्त्र, सङ्घीयता र लोकतन्त्र कार्यान्वयनको चरणमामा रहेको अवस्थामा हुन लागेको निर्वाचनपछि जनताले स्थानीय तहमै सरकार प्राप्त गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालले राजनीतिक र संवैधानिक हिसाबले निकै ठूलो फड्को मारेको छ, निर्वाचनका लागि अत्यावश्यक आचारसंहिता, आर्थिक र अरु सामग्रीको व्यवस्थापन गरेर निर्वाचनको अन्तिम तयारीमा जुटेको छ, मतपत्र, मतपेटिकाको व्यवस्थापन गर्न पनि हाम्रा लागि निकै ठूलो चुनौती थियो ।” 

आयोगका सहसचिव नवराज ढकालले आगामी स्थानीय तहको निर्वाचन सङ्घीयता र संविधान कार्यान्वयनका लागि कोसेढुङ्गा सावित हुनेछ, भन्नुभयो । 

निर्वाचन आयोगले मतदाता र राजनीतिक दल दर्ता, मतदाता शिक्षाका लागि सञ्चालन गरिएको कार्यक्रम, मतदाता, मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या, अपाङ्गता र दृष्टिविहीनलाई मतदानका लागि प्रेरित गर्न गरिएको व्यवस्थालगायत समग्र निर्वाचन तयारीका बारेमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध विकास साझेदार संस्थाका प्रतिनिधिलाई जानकारी गराएको हो । 

नेपालको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले आगामी निर्वाचनका सन्दर्भमा मतदाता शिक्षामा समेत विशेष सहयोग गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको