Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको शेयरमा मूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, ०८ : ३४ मा प्रकाशित

बैंक अफ काठमाण्डूको शेयरमा मूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी बैंककाे १३ प्रतिशत बाेनस शेयरपछि शेयर मूल्य समायोजन गरेको हाे । बिहीबारको अन्तिम कारोबार मूल्य २९६ रुपैयाँका आधारमा मूल्य समायोजन गरिएको स्टकले जनाएको छ ।

बैंकको २६औं वार्षिक साधारण सभा मंसिर १५ गते, साेमबार बैंककाे प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा हुँदैछ । सभाले आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको