Like us!
Follow us!
Connect us!
Watch us!

१० बर्ष पछि बिओके र हिमालयन बैंकले फिर्ता पाए एक अर्ब ६० करोड

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, ०७ : २९ मा प्रकाशित

१० बर्ष पछि बिओके र हिमालयन बैंकले फिर्ता पाए एक अर्ब ६० करोड

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले झन्डै एक दशकसम्म चिनियाँ बैंकमा फसेको एक अर्ब ६० करोड रकम फिर्ता पाएका छन ।

गत १५ साउनमा चिनिया अदालतवाट मुद्दा जितेको २० दिनपछि मंगलवार हर्जनासहित दुवै बैंकले रकम फिर्ता पाएका हुन ।

चिनिया अदालतमा मुद्दा जिते पछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको रकम मंगलवार फिर्ता पठाएको छ। जसअनुसार बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो थप हर्जनासहित रकम फिर्ता पाएको छ भने हिमालयन ७० करोड रुपैयाँ फिर्ता पाएको छ । 

मेलम्ची खानेपानी आयोजना सम्बन्धी मुद्धामा चिनिया अदालतले हिमालय र बिओकेको पक्षमा १५ साउनमा फैसाला सुनाएको थियो । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा नेपाली बैंकहरुले चिनिया तल्लो अदालतवाट जिते पनि उच्च अदालतमा जानु पर्ने कारणले रकम फिर्ता पाउन सकेका थिएनन । तर, १५ साउनमा चिनिया अदालतमा अन्तिम फैसाला भएसँगै दुबै नेपाली बैंकलाई चिनिया कन्ट्रक्सन बैंकवाट नेपाल रकम ल्याउन बाटो खुलेको थियो । 

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन बैंकले रकम फिर्ता गर्न आनाकानी गरे पछि दुबै बैंकले चिनिया अदालतमा मुद्धा दायर गरेका थिए । जसको अन्तिम फैसाला चिनिया अदालतमा १५ साउनमा भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको