Like us!
Follow us!
Connect us!
Watch us!

बिओके र ग्लोेबल आईएमई बैंकको साधारणसभा आज, लाभांश सहित मर्जरको प्रस्ताव पारित हुने

अर्थ संसार

शुक्रबार, २३ मंसिर २०७९, ०५ : ४८ मा प्रकाशित

बिओके र ग्लोेबल आईएमई बैंकको साधारणसभा आज, लाभांश सहित मर्जरको प्रस्ताव पारित हुने

मर्जरको अन्तिम स्विकृति पाइसकेका बैंक अफ काठमांडौ र ग्लोबल आईएमई बैंकको बार्षिक साधारणसभा आज मंशिर २३ गते हुँदैछ । ग्लोबल आईएमई बैंकको सभा बिहान १० बजेदेखि गैरीधारा स्थित सिल्भर ओक ब्यांक्वेटमा संचालन हुनेछ भने बिओकेको बिहान १० बजेदेखि ञिभुवन आर्मी अफिसर्स क्लबमा सञ्चालन हुनेछ । 

ग्लोबल आईएमईको सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । साथै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ । अधिकृत पूंजी २५ अर्बलाई बृद्धि गरी ५० अर्ब कायम गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यसैगरी बैंक अफ काठमौडौको बार्षिक साधाणसभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । साथै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको