Like us!
Follow us!
Connect us!
Watch us!

अरुलाई बैंक अफ काठमाण्डूको सेयर किन भन्ने निर्मल प्रधान आफै संस्थापक सेयर बेच्दै

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ११ : ३० मा प्रकाशित

अरुलाई बैंक अफ काठमाण्डूको सेयर किन भन्ने निर्मल प्रधान आफै संस्थापक सेयर बेच्दै

बैक अफ काठमाण्डू लिमिटेडका सेयर किने राम्रो मुनाफा कमाइने भन्दै लगानीकर्ताहरुले सेयर किन्ने आग्रह गर्ने बैंकका संस्थापक शेयरधनी निर्मल प्रधानले आफ्नो नाममा रहेको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएका छन् ।

उनले केहि समय अघि एक अन्तरवार्तामा र्बंक अफ काठमांडौको सेयरमा लगानी गर्ने लगानीकताहरुलाई बैंकले संरक्षण गर्ने भन्दै उनले यसमा लगानी गर्न सुझाएका थिए । यसरी लगानीकर्ताहरुलाई संरक्षण गर्ने बैंकको सेयर बेचेर बजारका बादशाह भनेर चिनिने प्रधान किन बाहिरिँदैछन् भन्ने प्रश्न अहिले लगानीकर्ताहरुले सामाजिक सञ्जाल मार्फत गरिरहेका छन् । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

निर्मल प्रधानले सुनाए आफुले ५०० करोड गुमाएको कथा | Nirmal Pradhan

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको