Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको “यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यास ब्याकको बहार”योजना सार्वजनिक

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १५ : ३६ मा प्रकाशित

सिटिजन्स बैंकको “यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यास ब्याकको बहार”योजना सार्वजनिक

अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले “यो तिहार, सिटिजन्स डिजिटल कारोवारमा क्यास ब्याकको बहार” योजना सार्वजनिक गरेको छ । 

बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत तिहारमा पैसा पठाउँदा रु १०० क्यास ब्याक प्राप्त गर्नेछन् । बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गते सम्म तिन पटक गरी रु २,००० भन्दाबढी रकम मोबाइल बैकिङ्गमार्फत रकमान्तर गरेमा सो क्यास ब्याकप्राप्त गर्न सक्नेछन् । यसरी पैसा पठाउँदा विवरणमा भने “सिटिजन्स तिहार” भनी खुलाउनपर्ने छ ।

तिहारमा खेलिने देउसी भैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहज होस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको हो । यसका साथै तिहारलाई लक्षितगरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतमप्रविधिको अधिकतमप्रयोग गर्दै सावधानीपूर्वक आफ्ना  ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको