Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, बिमा शुल्क घट्यो (विवरणसहित)

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १३ : ३६ मा प्रकाशित

शिखर इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, बिमा शुल्क घट्यो (विवरणसहित)

अर्थ संसार, काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो त्रैमासमा १२ करोड २३ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।गत वर्षको यही अवधीमा कम्पनीले १२ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा चालु आर्थिक वर्षमा ०.७३ प्रतिशतले खुद नाफा आर्जन गरेको हो । 

कम्पनीकाे जीवन बिमा कोषको आकार  ५.७८ प्रतिशतले बढेर १ अर्ब ११ करोड ८४ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षकाे यही अवधीमा कम्पनीकाे जीवन बिमा कोषमा १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीकाे खुद बिमा शुल्क घटेर ४३ करोड ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षकाे यही अवधीमा खुद बिमा शुल्क ४५ करोड ८३ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ३७ करोड ४५ लाख ३ हजार ८ सय रुपैयाँ र जगेडा कोषमा ८९ करोड ७४ लाख ८७ हजार रूपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५ पैसा र प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ५ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको