शिखर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश वित्तीय सूचकहरूमा सामान्य वृद्धि देखिएको छ। सेयर पूँजी, नाफा, बीमाशुल्क आर्जनदेखि लिएर अन्य इक्विटीसम्मका सूचकहरू सकारात्मक देखिएका छन्।
शिखर इन्स्योरेन्सको चुक्ता सेयर पूँजी २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। कम्पनीको विशेष जगेडा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ रहेको छ। यस्तै, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ६१ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा करिब ६३ लाख रुपैयाँले बढेको हो, जुन तुलनात्मक रूपमा सामान्य वृद्धि हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३५ करोड ७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँको तुलनामा केहि वृद्धि हो।
खुद बीमाशुल्क आर्जनको कुरा गर्दा यो वर्ष १ अर्ब २० करोड ८३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ३ करोड ६६ लाख रुपैयाँको तुलनामा १६.५६ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले तेस्रो त्रैमाससम्म पुनर्बीमा मार्फत २ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ४९ करोड रुपैयाँको तुलनामा थोरै मात्र बढेको हो।
सोल्भेन्सी मार्जिन रेसियो ३.६७ प्रतिशत कायम भएको छ, जसले कम्पनीको वित्तीय स्थायित्व संकेत गर्छ।
वार्षिकीकृत ईपीएस (EPS): १६ रुपैयाँ २९ पैसा
पीई रेसियो: ४६.८१ गुणा
प्रति सेयर नेटवर्थ: १९५.८१ रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस