अर्थ संसार
काठमाडौं–नेकपा एकाले महालक्ष्मी नगरपलिका चुनाव प्रचार प्रसार समितीको आयोजनामा पार्टी सम्वन्द्ध वुद्धिजिवी एवं पेशाकर्मीको भेला इमाडोलमा सम्पन्न भएको छ ।
एमाले पेलिटव्यूरो सदस्य विजय पौडेलको प्रमखु आथित्यमा सम्पन्न भेलाले महालक्ष्मी नगरपालिका अन्र्तगतका वडा नम्बर १ देखि १० सम्मका प्रत्येक वडावाट कम्तिमा ५ बुद्धिजिवीहरुको प्रतिनिधित्व हुनेगरी वेट लावतीको संयोजकत्वमा ७१ सदस्यीय बुद्धिजिवी एवं पेशाकर्मी र्निवाचन सहयोग समिती गठन गरिएको छ ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एबम् महालक्ष्मी नगरपालिका मूल निर्वाचन परिचालन कमिटि संयोजक प्रेमलकुमार खनाल, वुद्धिजिवीहरु प्र्रेम पराजुली, कृष्णप्रसाद घिमिरे, हरिदेब यादव र माधब दहालले मन्तब्य ब्यक्त गरेका थिए । हित संरक्षण तथा शुसासन बिभागका सचिव सूर्यबहादुर थापाको सभापतित्व कार्यक्रम भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस