Like us!
Follow us!
Connect us!
Watch us!

डीआईजी नवराज सिलवाल पक्राउ

सोमबार, ११ बैशाख २०७४, ११ : २० मा प्रकाशित

डीआईजी नवराज सिलवाल पक्राउ


अर्थ संसार 

काठमाडौं– नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले आज पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

करिव १० बजेतिर अधिवक्ता शम्भु थापालई पनि हिरासतमा लिइएको छ ।  बयानका लागि जाने कि भन्नेबारे कानुनी परामर्श गर्न सिलवाल थापाको घरमा गएका थिए  । सिलवालले कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको